
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।
उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने सत्तारुढ दलहरुको तयारीका विषयमा छलफल हुने बैठकको एजेण्डा रहेको छ । सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए ।














