Logo
Logo

अर्घाखाँचीमा जिप भिरबाट खस्यो, १० जना घाइते


630
Shares

काठमाडौं ।अर्घाखाँचीमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शितगंगा नगरपालिका– १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले जानकारी दिए । सबै घाइतेलाई उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी ठाडा पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको छ । छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्