Logo
Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै


1.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा आज दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको हो ।

बैठकमा पछिल्लो समय बदलिँदो राजनीतिक घटनाक्रमका साथै उपसभामुख इन्दिरा रानामगरमाथि उठेका प्रश्नबारे छलफल गरेर पार्टीको धारणा बनाउने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

उपसभामुख रानाले गैरसम्बन्धित र सामान्य चिनजानसम्म नभएका पाँच जनालाई अमेरिका लैजान दूतावासलाई लेखेको पत्र बाहिरिएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्