Logo
Logo

दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने


756
Shares

काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत । १३ असोजदेखि सुकिला नोट साट्न सकिने जानकारी दिएको हो ।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर, यसवर्ष भने राष्ट्र बैंकले नयाँ नोट नछापी एकपटक प्रयोगमा आइसकेका सुकिला नोट साट्न पाइने व्यवस्था गरेको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताए ।

प्रतिक्रिया दिनुहोस्