Logo
Logo

वायुसेवा निगमको जहाज इटलीबाट काठमाडौं ल्याइयो


1.6k
Shares

काठमाडौं । मर्मतका लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई झण्डै अढाइ महिनापछि आज काठमाडौंमा अवतरण गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान ८ः३६ मा काठमाडौं अवतरण गरेको हो । निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमले जनाएको छ ।

यस्तै, निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिनापछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ । नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज छन् ।

प्रतिक्रिया दिनुहोस्