
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहिबेर अघिदेखि भेटवार्ता भइरहेको हो ।
तीन शीर्ष नेताबीच संवैधानिक परिषद्को बैठकको तयारी र प्रधानमन्त्रीको आशन्न संयुक्त राष्ट्रसंघमा सहभागी हुने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।














