Logo
Logo

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्छु : लोकदर्शन रेग्मी


378
Shares

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् ।

बिहीबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले आफू राजदूत नियुक्त भएमा अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमण गराउन र नेपालको संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम आयोजना गर्न आवश्यक पहल गर्ने बताए ।

तयस्तै, उनले विगतमा अमेरिकी पूर्वउपराष्ट्रपति स्पिरोलगायतले नेपाल भ्रमण गरेको पनि स्मरण गरे । नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबीच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्