
काठमाडौं । सरकारले आज पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने भएको छ ।
आज बिहान ९ बजे बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले उक्त पुरस्कार पलेशासहित प्रशिक्षकलाई हस्तान्तरण गर्ने भएका छन् । कर नकाटी पलेशालाई उक्त रकम दिनलागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ वर्ग अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन् ।














