रौतहट । अपांगहरुलाई स्थानीय स्तरबाट सेवा सुविधा दिन समस्या भएको एक कार्यक्रममा बक्ताले बताएका छन् ।
अविलिस फाउन्डेसन फिन्ल्याडको सहयोगमा भकभके संघ काठमाडौंद्वारा आयोजित अपांगता भएको व्यक्तिले सामना गरेको सामाजिक विभेद प्रतिको संवेदनशीलता विषयक कार्यक्रमका प्रमुख अतिथि राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादवले आफुले नगरका अपांगलाई सहज सरलरुपमा सेवा प्रदान गरेको बताए ।

आपाङ्गलाई दिएको सुविधाबारे अख्तियारमा उजुरी पर्न थालेपछि सुविधा दिन समस्या हुने बताउँदै आगामी दिनमा पनि आम जनसमुदाय तथा अपांगलाई सेवा प्रवाहमा या सुविधा दिन कुनै कसर बाँकी नराख्ने नगर प्रमुख यादवले दाबी गरे ।
सो कार्यक्रममा नगर उपप्रमुख राजकुमारी देवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, महिला तथा वालवालिका शाखा प्रमुख दुर्गा झाले अपांगता भएको व्यक्तिहरुले सामना गरेको सामाजिक विभेद प्रतिको संवेदनशीलता विषयमा बोलेका थिए ।
भकभके संघका अध्यक्ष रविनकुमार मैनालीको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका महासचिव शंकर प्रसाद गौतमले कार्यक्रमको उद्देश्यबारे जनकारी दिँदै भकभकेको अवस्था विश्लेशण गरेका थिए ।
भकभके यही कारणले हो भने ठोस आधार छैन । वंशानुगत, मनोवैज्ञानिक सामाजिक वा बातावरण्ीाय दवावले भकभके हुने गरेको महासचिव गौतमले बताए । भकभकेको पहिचान, यसको अवस्था विश्लेषण, स्पिच थेरापी, साईको थेरापी र सहजीकरण जरुरी रहेको छ । महासचिव गौतमले आफैंले भोगेको घटना सुनाउँदै ‘पैसा हुँदा हुँदै खान नपाएको’ बताए । भकभके कुनै रोग होइन, यो एउटा अवस्थामात्रै रहेको उनले बताए ।
सो अवसरमा नगरपालिकाका वडा अध्यक्ष विश्वनाथ साह, विजय शंकर यादव र महिन्द्र दासको उपस्थिति थियो । भकभके संघले रौतहट, सप्तरी, धनुषा,उदयपुर, पर्सा, सर्लाही लगायतका जिल्लाका ४ हजार भकभकेलाई सेवा दिइसकिएको बताइएको छ ।














