
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो ।
आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।














