Logo
Logo

स्वास्थ्य बीमा बोर्डका अध्यक्षले दिए राजीनामा


1.3k
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले राजीनामा दिएका छन् । डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।

फाइल तस्बिर

उनले शुक्रबार दिउँसो राजीनामा बुझाएका हुन् । स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।

उक्त विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्