काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकलाई सम्मान गरेका छन् ।
नेपाल चिकित्सक सङ्घद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्न्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा हीरा तुलाधर, डा. गीता सायमी र डा कल्पना सुवेदी उपाध्याय छन् ।
वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा अम्बिका श्रेष्ठ छन् । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवं सम्मानपत्रसहित सम्मान गरेका थिए ।
सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।














