Logo
Logo

रास्वपा-जनमत पार्टीलाई उत्ताउलो भएर नबोल्न कृष्ण सिटौलाको सुझाव


7.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका छन् ।  

१११ औं बीपी जयन्तीको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित लोकतान्त्रीक समाजवाद र आजको परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै उत्ताउलो भएर नबोल्न नयाँ दलहरूलाई सुझाव दिएका हुन् ।

रास्वपा, जनमत जस्ता नयाँ दलहरूलाई जनताले विश्वास गर्नु सकारात्मक पाटो भएको भन्दै साच्चै जनताको लागि काम गर्ने हो भने बिनाकारण अरुलाई दोषारोपण नगर्न सुझाव दिए ।

सिटौलाले जनतामा काम गर्न चाहने पार्टीहरूलाई कांग्रेसको विचारको छातामा आउन समेत आग्रह गरे । उनले लोकतन्त्रलाई बलियो बनाउन काम सबैले गर्नुपर्ने र जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने धारणा राखे ।  

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कांग्रेसले गरेका कामलाई जनतामा लैजानुपर्ने बताए । कांग्रेसभित्र समस्यामात्रै नभइ समाधानका उपाय पनि रहेकाले पार्टीलाई कसैले कमजोर पार्न नसक्ने उनले बताए ।  

कार्यक्रममा बीपी कोइरालाले मुलुकको परिवर्तनमा गरेको योगदानको चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्