Logo
Logo

तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो


1.2k
Shares

मुग्लिन । चितवनको नारायणघाट–मुग्लिन सडकखण्डस्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

आइतबार बिहान भरतपुर महानगरपालिका–१९ स्थित सिमलताल भन्ने ठाउँबाट ना ६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनका अनुसार खाने तेल बोकेर सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ट्रक दुर्घटना भएको हो ।

ट्रक त्रिशुलीको किनारमा खसेको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार सुरु गरेको डीएसपी रिजालले बताए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

केही समयअघि यही स्थानमा दुई वटा यात्रु बस त्रिशुलीमा खसेको थियो । उक्त दुर्घटनमा ६२ जना यात्रुमध्ये २४ जनाको मात्र शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्