Logo
Logo

राजदूतबारे निर्णय गर्न बोलाइएको सुनुवाइ समितिको बैठक स्थगित


819
Shares

काठमाडौं । प्रस्तावित राजदूतहरुको नियुक्तिबारे निर्णय गर्न आज बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरुको सुनुवाइ सकेर आज नियुक्तिको सिफारिस अनुमोदन गर्न बैठक बोलाएको थियो । उक्त बैठक अनिश्चितकालका लागि स्थगित गरिएको भएको हो ।

समितिकी सभापति ईश्वरीदेवि न्यौपानेले संसद बैठकमा जानु पर्ने भएकोले बैठक स्थगित गरिएको बताइन् । अब अर्को बैठक चाँडै बोलाइने उनको भनाइ छ ।

गत साउन १४ गते सरकारले विभिन्न १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि सिफारिस भएकी राजदूत कान्ता रिजालको नाम फिर्ता लिएर सरकारले १७ देशका राजदूतको सुनुवाइका लागि संसदीय समितिमा पठाएको थियो ।

समितिले विभिन्न मितिमा गरेर उनीहरुको सुनुवाइ सकेको छ । अब समितिले उनीहरुको नाम अनुमोदन गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्