Logo
Logo

साना डिजिटल कारोबार निःशुल्क गर्ने सरकारको तयारी


378
Shares

काठमाडौं । सरकारले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी गरेको छ । पछिल्लो समय साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे गुनासो बढेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेको बताएका हुन् ।

अन्तर मोबाइल बैंकिङ ट्रान्सफर गर्दा एक पटकमा ११ रुपैयाँ ३० पैसा चार्ज लाग्छ । यस्तोमा १० रुपैयाँको सामान खरिद गर्दा ग्राहकले ११ रुपैयाँ ३० पैसा चार्जसहित २१ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्