Logo
Logo

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट दायर


441
Shares

काठमाडौं । सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । आज (आइतबार) कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

उक्त रिटको पेसी सोमबारका लागि तोकिएको छ । निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् ।

रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको लाइभ भइरहेको तथ्य उल्लेख गरिएको छ ।

यी देशहरूको अनुभवले प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा जनताको विश्वास र सहभागिता उल्लेखनीय रूपमा बढाएको देखाएको रिट निवेदकको जिकिर छ ।

साथै निवेदकहरूले नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने हकलाई उद्धृत गर्दै नेपाली नागरिकहरूलाई पनि अदालतको सुनुवाइ प्रत्यक्ष रूपमा हेर्न पाउने अधिकार हुनुपर्ने माग राखेका छन् ।

निवेदकहरूले सर्वोच्च अदालतलाई यथाशीघ्र प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन र यस सम्बन्धमा स्पष्ट नीति तथा निर्देशिका तयार पार्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्