Logo
Logo

प्रतिनिधिसभा बैठक अवरोध गर्ने माओवादीको निर्णय


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि बसेको माओवादीको अनौपचारिक छलफलले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेको हो ।

छलफलले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो । माओवादी जनयुद्धलाई हिंसा भन्ने एमालेले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ ।

यही भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले ‘माओवादीको सशस्त्र हिंसा’ शब्द प्रयोग गरेपछि माओवादीले आपत्ति जनाएको थियो । पछि सभामुखले पनि उक्त शब्द संसदीय रहेको बताएपछि माओवादीले आपत्ति जनाउँदै संसदीय रेकर्डबाट हिंसा शब्द नहटाएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्