Logo
Logo

नारायणगढ-मुग्लिन सडक : नौ किलोमा सडक भासिएपछि एकतर्फी सञ्चालन


378
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौ किलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्