Logo
Logo

भरतपुर उड्नै लागेको बुद्धको जहाजमा समस्या, यात्रु ओरालियो


1k
Shares

file photo

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ ।

आज बिहान ७ः २० बजे भरतपुर जान लागेको बुद्धको नाइन एन–एआईटी जहाज ट्याक्सी वे ‘इको’मा पुगेको थियो । त्यहाँ ‘ह्विल लक’को समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका जनरल म्यानेजर जगन्नाथ निरौलाले जानकारी दिए ।

उक्त जहालले गर्दा अन्य जहाज उडानमा समस्या देखिएको छ । अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्