
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएको भन्दै चौधरीलाई पार्टी महासचिव घनश्याम भुसालले स्पष्टीकरण सोधेका थिए ।
सांसद चौधरीले आफू राष्ट्रियताको बारेमा प्रष्ट रहेको भन्दै स्पष्टिकरण पठाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । पार्टीले मौखिमरूपमा सचेत गराएपनि कारवाही भने नगर्ने भएको छ ।














