Logo
Logo

सदनमा सांसदको प्रश्न- हामीलाई दिनभरी भेडाबाख्रा जस्तो किन राखेको ?


0
Shares

काठमाडौं । सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो राखिने गरिएको भन्दै सदनमै सांसदले गुनासो गरेका छन् । जसपा सांसद प्रकाश अधिकारीले सोमबार संसदमा जनप्रतिनिधिको सम्मान नभएको बताएका हुन् ।

सांसद अधिकारीले बैठक बोलाइसकेपछि समयमै बस्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले हामी सांसदहरूलाई बोलाइएपछि दिनभरी कुर्दाकुर्दा गरेर अन्तमा स्थगित भयो भनिन्छ । यस्तो परम्परा बारम्बार दोहोरिरहेको छ सांसदहरूलाई दिनभर भेडाबाख्रा जस्तो राखिन्छ। सांसद भनेको भेडाबाख्रा होइनन् । जनताबाट निर्वाचित जनप्रतिनिधिको सम्मान त्यही ढंगबाट हुनुपर्छ। संसद् बोलाइसकेपछि बस्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्