Logo
Logo

प्रधानमन्त्रीद्वारा राष्ट्र संघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी


252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा बम विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयलाई लिएर माओवादीमाथि प्रश्न उठाएका छन् ।

राष्ट्रसंघीय महासभामा जाने विषयको जानकारीसहित सोमबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संसद्मा उठेका प्रश्नमा पछि जवाफ दिने बताए ।

‘पाँचथरमा दुई बालबालिकको निधन भयो । बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ?’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले निधन भयो मात्र भनौँ अरु पछि भनौँला । बम विस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो ?’

माओवादीले सशस्त्र युद्धलाई हिंसा भनेको स्वीकार नगरेको विषयलाई उनले अहिलेसम्म त्यसको प्रभाव कायम रहेको देखाउन फरक शैलीको प्रयोग गरेका हुन् । ‘तर, बम विस्फोटबाट निधन भयो । उहाँहरूको परिवारलाई पाँच–पाँच लाख दिने निर्णय सरकारले गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अन्य घाइतेहरूको उपचारको जिम्मा सरकारले लिने निर्णय गरेको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका भ्रमणबारे सदनलाई जानकारी पनि गराएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेका विषयमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितका पक्षमा कुरा राख्ने स्पष्ट पारे ।

उनले भने, ‘म संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ४ गते यसको हेडक्वार्टरतर्फ प्रस्थान गर्दैछु’, यस गरिमामय संसदलई स्पष्ट गर्न चाहन्छु, नेपालका आफ्नो नीति, दृष्टिकोण र आफ्नो समस्या, चुनौती र उपलब्धिहरू छन् । हामी के प्रयास गरिहेका छौँ, यस सन्दर्भमा विश्वलाई जानकारी गराउने छु। हाम्रो प्रयासले नसकिने कुरामा बाह्य जगतसँग कसरी हातेमालो गर्न चाहन्छौँ भन्ने दृष्टिकोण म नेपालको तर्फबाट राख्नेछु। गर्न चाहन्छौं भन्ने दृष्टिकोण म नेपालको तर्फबाट राख्नेछु ।’

आन्तरिक राजनीतिका कुरालाई नटेकी संसदलाई आफ्नो भ्रमण र त्यहाँ उठाउने कुराबारे केन्द्रित भएका उनले संयुक्त राष्ट्रसंघमा नेपालको इज्जत तल पर्ने गरी कुनै विषय नराख्ने प्रतिवद्धता पनि जनाए । उनले नेपालको छिमेकी नीति, प्रतिवद्धता, नेपालका हिमालका हिउँ अस्वाभाविक रूपमा पग्लेको विषयलाई पनि प्राथमिकतामा साथ उठाउने उनले बताए ।

उनले भने, ‘हामीले प्राप्त गरेका लोकतन्त्र, त्यसलाई संचालन गर्न हामी आफैँले बनाएका संविधान र संविधानका विभिन्न पक्षहरू, नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई म त्यहँ स्पष्ट राख्नेछु । नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र स्वाधीन राष्ट्र हो । यसले राष्ट्रिय गौरवलाई माथि उठाउने छ । जायज र न्यायोचित राष्ट्रिय हितहरू, संरक्षण र संवद्र्धन गर्ने कुरामा नेपालको प्रतिबद्धता, छिमेकी नीति र हितका कुरा पनि स्पष्ट पार्नेछु ।’,

साथै प्रधानमन्त्रीले आफ्नो भ्रमणका क्रममा नियोगस्थित झन्डै तीन सय वर्ष पुग्न लागेको कोलम्बिया युनिर्भसिटी र वेस्टर्नमा अस्थित हार्बट विश्वविद्यालयमा पनि सम्बोधन गर्ने जानकारी गराएका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते अमेरिका प्रस्थान गर्नेछ । त्यसबारे उनले जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्