Logo
Logo

भोटेकोशीमा बेपत्ता बोलेरो चालकको शव सुनकोशीमा भेटियो


378
Shares

काठमाडौं । भोटेकोशी नदीमा बेपत्ता भएका बोलेरो चालकको शव भेटिएको छ । गत भदौ २८ गते बोलेरो गाडीसहित खसेर बेपत्ता भएका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का ३५ वर्षीय सानु तामाङको शव सोमवार सशस्त्र प्रहरीले बरामद गरेको हो ।

भदौ २८ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ६ ढुंगाखानीस्थित भोटेकोशी नदिमा बोलेरो गाडी खसेपछि तामाङ बेपत्ता भएका थिए । उनको शव सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सुनकोशी नदीबाट निकालिएको हो । तामाङको शव उनका छोराले सनाखत गरेको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्