Logo
Logo

प्रज्ञाभवनमा सुरू भयो रास्वपाको राष्ट्रिय भेला


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय परिषद्को राष्ट्रिय भेलासुरु भएको छ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलाको पार्टी सभापति रवि लामिछानेले घण्टी बजाएर शुभारम्भ गरे ।

देशभरबाट एक हजार पाँचसय प्रतिनिधि सहभागी भेलामा आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुने रास्वपाले जनाएको छ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ ।

आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।
भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ ।

भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्