
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरण सकिएको बताउँदै विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् । मंगलबार बिहान प्रज्ञा भवनमा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफुलाई फसाउने खेलमा सहकारी प्रकरण सकिएको र अब विषय गोर्खा मिडियातिर जाने बताएका हुन् ।
‘सहकारी सकियो, अब गोर्खा मिडियातिर जान्छ विषय । आफ्नै केन्द्रीय नेता बसेको ठाउँले दिएको प्रतिवेदन हेरे हुन्छ ।प्रतिवेदन कस्तो हुन्छ भनेर ? प्रमाण छ, प्रमाण छ भनेको होइन, मेरो प्रणाम छ, प्रमाण होइन रहेछ,’ उनले भने ।
साथै उनले इलामको उपनिर्वाचनले आफूहरुलाई सबक सिकाएको बताए । उनले भने, ‘इलाममा के भयो ? भनेर सोध्ने गरिएको छ । त्यहाँ हामी चुनाव हारिएको हो । त्यसबेला हाम्रो खुट्टा भुइँमा थियो र ? इलाममा खुच्चिङ हामीलाई ।’
उनले संगठन मजबुद बनाउन सकिएन । एक अर्कालाई मान्न नसकेका कारण समस्या भएको बताए । तर टाउको लुकाउनु र झुकाउनुपर्ने अवस्था नभएको उनको भनाई थियो ।














