Logo
Logo

संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुन्छ : पर्यटनमन्त्री


315
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन् ।  

नेपाल पर्वतारोहण सङ्घको ३४ औं वार्षिक साधारण सभालाई मङ्गलबार काठमाडौंमा सम्बोधन गर्दै उनले हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशनबाट बिभिन्न ऐनहरुलाई अघि बढाउने बताएका हुन् ।

पर्यटन, संस्कृति, हवाई उड्यन, लगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेको उनले जानकारी दिए । त्यस्तै उनले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा परिमार्जनका लागि सुझाव दिन आग्रह गरे । उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको अवस्थामा तत्परताका साथ लाग्ने धारणा राखे ।

मन्त्री पाण्डेले मुलुकको दुई पार्टीको सिन्डीकेट नभइ मुलुक बनाउनका लागि सवै दलहरूलाई जोड्दै अघि बढ्न चाहेको उल्लेख गरे ।  उनले अहिलेको सरकार ८४ सम्म चल्ने र मुलकको समृद्धि र विकासका लागि काम गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्