Logo
Logo

पाँच जना सवार ट्याक्टर सेती नदीमा खस्यो, चालकसहित दुई बेपत्ता


693
Shares

काठमाडौं । बझाङमा ५ जना सवार ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । ज्यपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गइरहेको ट्याक्टर दुर्गााथली गाउँपालिका–२ झनाना सडकबाट ५० मिटर तल सेती नदीमा खस्दा दुई जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीले ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र अर्का एक जना बेपत्ता भएको जानकारी दिए । बेपत्ता अर्काको पहिचान खुलेको छैन । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य ३ जनाले हाम फालेर ज्यान जोगाएका छन् भने घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्