Logo
Logo

रास्वपाप्रति एमाले नेता पोखरेलको टिप्पणी- वैकल्पिक राजनीतिकले दिएको सुशासन स्पष्टै भयो हैन र ?


630
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति व्यंग्य गर्दै वैकल्पिक राजनीतिकले दिएको विकल्प र सुशासन स्पष्ट भएको टिप्पणी गरेका छन् ।

सहकारीको बचत अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै नेता पोखरेलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । उनले कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखेकोप्रति आश्चर्य प्रकट गरेका छन् ।

बुधबार बिहान स्टाटस पोष्ट गर्दै नेता पोखरेले भनेका छन्, ‘जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’

यस्तो छ महासचिव पोखरेलको स्टाटस

कुनै कम्पनीको सिइओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?

प्रतिक्रिया दिनुहोस्