Logo
Logo

रास्वपालाई निधिको प्रश्न- के क्लिन चिटको परिभाषा बदलिएको हो ?


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनअनुसार दोषीलाई कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठक तथा समसामयिक विषयमा छलफल कार्यक्रममा बोल्दै उनले सहकारी प्रकरणमा विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेकोमा सरकारले कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।

उनले रास्वपाकै कतिपय नेताले दोषी ठहर गरेका लामिछानेलाई क्लिन चिट दिएको भनेर भ्रम फिजाउन खोजेको समेत बताए । उनले रास्वपाप्रति लक्षित गर्दै प्रश्न गरे, ‘के क्लिन चिटको परिभाषा बदलिएको हो ? त्यसो हो भने क्लिन चिटको परिभाषा बदल्नुप¥यो ।’

नेता निधिले रास्वपाका नेताहरूले सहकारीको रकम अनियमिततका सम्बन्धमा चेक काट्नेलाई हत्कडी लगाउन नहुने भनेको बताउँदै भने, ‘त्यसो भए के घाँस काट्नेलाई हत्कडी लगाउने त ?’

प्रतिक्रिया दिनुहोस्