Logo
Logo

आमुल परिवर्तन गरिंदै चिनियाँ सेना र सैन्य रणनीति


रवीन्द्र श्रेष्ठ




चीनले आफ्नो सेना र सैन्य रणनीतिमा व्यापक परिवर्तन थालेकोछ । वर्तमान राष्ट्रपति सि जिन पिङले विश्वको र चीनको नयाँ परिस्थितिमा यो नयाँ सैन्य रणनीति र संैन्य संरचना निर्माणको शुरुवात गरेकाछन् ।

चीनमा सन् २०१३ सम्ममा २३ लाख जनमुक्ति सेना थियो । यो संसारको सवभन्दा ठुृलो सेना हो । यस मध्ये त्यो वेला २ लाख ३५ हजार जलसेना र ३ लाख ९८ हजार हवाई सेना(एअर फोर्स) रहेको थियो ।

अहिले सेना घटाएर २० लाखको वनाएको छ । साथै स्थल सेनाको संख्यामा भारी कटौती गरिएकोछ । विगतमा १६ लाख भन्दा वढी स्थल सेना रहेकोमा अहिले घटाएर करिव १० लाख मात्रै वनाइएकोछ ।

जलसेना र हवाई सेनाको संख्यामा व्यापक वृद्धि गरिएकोछ । रकेट फोर्स र स्ट्रटेजिक सपोर्ट फोर्स नामवाट अर्को सेनाको महत्वपूर्ण दुई हाँगा(ब्रान्च) निर्माण गरिएकोछ । परम्परागत युद्धकलामा स्थलसेना, जलसेना र वायुसेना गरेर तीनवटा मात्रै हाँगाहरु हुने गर्दथे ।

चीनले रकेट फोर्स भनेर क्षेप्यास्त्रहरु र आणविक युद्धका सबै कामहरु गर्ने नयाँ र्सैन्य फोर्स निर्माण गरेको छ । स्ट्रेटेजिक सपोर्ट फोर्सले साइवर युद्ध, स्पेस(अन्तरिक्ष) युद्ध र इलेक्ट्रोनिक युद्धका मोर्चाहरु हेर्ने वताइएकोछ ।

स्थल सेनाको संख्यामा व्यापक कटौटी गरेर तथा नयाँ रकेट फोर्स र स्ट्रटेजिक सपोर्ट फोर्स थपेर चीनले आफ्नो सैन्य संरचना र सैन्य रणनीति आधुनिक वनाएकोछ । स्थलसेना केवल आधा संख्या मात्रै राखेर आधा सेना जलसेना, वायुसेना, रकेट फोर्स र स्ट्रेटेजिक सपोर्ट फोर्स वनाउनुले ठुलो अर्थ राख्दछ । यसवाट चीनले केवल आफ्नो भूभागमा रक्षात्मक युद्ध लड्ने मात्र नभएर आफ्नो सीमाना भन्दा वाहिर विश्वव्यापी रुपमा र अन्तरिक्षमा समेत पनि आक्रामक युद्ध लड्न सक्षम वनाउँछ ।

चीनको यस खाले सैन्य रणनीति र सैन्य संरचनाको आमुल परिवर्तनले आगामी दिनहरुमा चीनले अमेरिकाको स्थान लिन खोजेको विश्लेषकहरुको अनुमान छ । प्रतिरक्षात्मक(डिफेन्सिभ) सैन्य संरचना र प्रतिरक्षात्मक र्सैन्य रणनीतिको वदला आवश्यक परेमा सीमाना भन्दा वाहिर गएर आक्रामक(अफेन्सिभ) युद्ध गर्न सक्ने सैन्य रणनीति र सैन्य संरचना वनाउनुले आगामी दिनमा चीनको विश्व रंगमंचमा भूमिका आक्रामक हुन सक्ने संभावनालाई औंल्याउँछ ।

यसले नेपाल जस्ता मुलुकहरुलाई पनि प्रभावित गर्नेछ । आक्रामक राजनीति र सैन्य नीति भएका अरू देशहरू र चीनकाे प्रतिस्पर्धाकाे भूमरीमा नेपाल जस्ता देशहरू थप चेपिंदै जाने हुन्छ ।

(एजेन्सीहरूकाे सहयाेगमा)

प्रतिक्रिया दिनुहोस्