Logo
Logo

रवीन्द्र मिश्रले भेटे प्रचण्ड, राजसंस्था पुनर्स्थापनाबारे छलफल


1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । उपाध्यक्ष मिश्रले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

मिश्रले प्रचण्डसँग भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै राजसंस्था पुनःस्थापित गर्नुपर्ने भनाइ प्रचण्डसँग राखेको उल्लेख गरेका छन् ।

‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनःस्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ । त्यतिबेला तपाईंहरूको अग्रगमन, नाम र सालिक केही बाँकी रहने छैन,’ उनले भनेका छन् ।

त्यसपछि प्रचण्डले राखेका भनाइलाई उनले विभिन्न ७ बुँदामा उल्लेख गरेका छन् । प्रचण्डले मिश्रलाई अहिलेकै स्थितिबाट देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगिसकेको समेत मिश्रलाई बताएका छन् ।

उनले पञ्चायतकालमा धेरै राम्रा काम भएको, राजा महेन्द्र ‘भिजनरी’ भएको लगायतका प्रसंग झिकेको मिश्रले बताएका छन् ।
‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्