Logo
Logo

नख्खु खोलाले बगाएर ४ जना बेपत्ता


378
Shares

काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा एकजना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।

शनिबार बिहान ९ बजेतिर खोलाले बगाएर बेपत्ता बनाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उनीहरुको खोजी कार्य सुरु भएको छ । तर, अविरल वर्षासँगै बाढी आइरहेकाले खोजी कार्य कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्