काठमाडौं । ललितपुरको नखिपोटस्थित नख्खु खोलामा बगेका चार जनामध्ये तीन जनाको उद्दार भएको छ ।
प्रहरीका अनुसार स्थानीयको सहयोगमा तीन जनाको उद्दार भएको हो । नेपाल प्रहरीका पूर्वडीआईजी अशोक सिंह समेतको पहलमा तीन जनालाई उद्दार गरेर ललितपुरकै पाटन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

उद्दारपछि पूर्वडीआईजी सिंहले उनीहरुलाई पाटन अस्पताल पुर्याएका थिए ।यता जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले पनि तीन जनाको उद्दार भएको पुष्टि गरे । उनीहरुको नाम ठेगाना बुझ्ने काम भइरहेको उनले बताए ।
उद्दार गरिएका मध्यै तीनै जनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको उनले पुष्टि गरे । एक जना बच्चा भने अहिले पनि हराइरहेको उनले बताए ।














