
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठक बिहान १० बजे माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको हो । बैठकमा अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ ।
त्यस्तै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर रहेका कारण कार्यबाहक सिंहले दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकेका हुन् । उक्त बैठकमा पनि बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल हुनेछन् ।














