Logo
Logo

झ्याप्ले खोला पहिरोबाट थप १० जनाको शव निकालियो


441
Shares

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ ।
आइतबार बिहान धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका बसबाट ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो । यससँगै शनिबार गएको उक्त पहिरोमा पुरिएर मृत्यु भएकाहरुको संख्या २४पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्