काठमाडौं । वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार सुरु भएको छ ।
धुलिखेलबाट पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे गएको नेपाली सेनाको हेलिकप्टर बिरामी बोकेर फर्किएको हो । पहिलो प्राथमिकतामा बिरामी, अशक्त र वृद्धवृद्धा र बालबालिका राखिएको छ ।
त्यसअघि शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धार प्रयास गरिए पनि सफल हुन सकेको थिएन । खाद्यान्नसहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनः धुलिखेल फर्किएको थियो ।
उनका अनुसार त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज बिहानैबाट तयारी थालिएको थियो । सडक सम्पर्क–विच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्थामा रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए ।