काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) दिउँसो २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले मंगलबार दिउँसो २ बजे बस्नेतरी बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत समसामयिक विषयमा छलफल हुने सांसद खतिवडाले जानकारी दिए ।