Logo
Logo

न्यायाधीशमा सिफारिस पाण्डेय र निरौलाविरुद्ध उजुरी आह्वान


315
Shares

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध आह्वान भएको छ ।संसदीय सुनुवाइ समितिको सचिवालयले आज एक सूचना जारी गर्दै उनीहरुविरुद्ध १० दिनभित्र उजुरी दिन भनेको हो ।

यसअघि सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूविरुद्ध उजुरी आह्वान गर्ने सचिवालयलाई निर्देशन दिएको थियो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई गत शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषद्को बैठकले सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्