Logo
Logo

मरुभूमिमा पाइने उँट कसरी आइपुग्यो सिन्धुली ?


4.3k
Shares

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुर गाउँपालिका ६ स्थित भिमानमा उँट भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले उँट कहाँबाट आयो भन्नेबारे केही नखुलेको बताए । उँट बस्तीमा देखिएपछि स्थानीय त्रसित भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ ।

उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो । त्यसैले नेपालका जंगलमा नपाइने उँट भारतबाट ल्याएर कसैले पाल्दै आएको हुनसक्ने र फुत्किएर भागेको हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्