Logo
Logo

धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको छः प्रधानमन्त्री


252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेष्टा भइरहेको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताए ।

उनले राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने बताए। उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशिलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए। वैरभव पलायो भने बुद्धिजम नहुने उनको भनाइ थियो।

उनले भने, ‘राजनीतिक हिसावले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन्। पोल्टिकल चिटिङ गरिरहेका छन्। त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन्। त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ।ु

प्रधानमन्त्री ओलीले बुद्ध धर्मममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताए। आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको बताए।

प्रतिक्रिया दिनुहोस्