Logo
Logo

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने


693
Shares

काठमाडौं । नेकपा एमालेले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाई कांग्रेसका उम्मेदवार टीका कुमारी चौधरी (भुल)लाई सहयोग गरेर जाने भएको हो ।

कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको हो ।

कांग्रेस उम्मेदवार टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । २०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्