Logo
Logo

जुम्ला बन्याे साक्षर जिल्ला


126
Shares

सुर्खेत । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले जुम्लाको टुँडिखेलमा एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला संयोजक गौरीनन्द आचार्यका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत माथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ६९ हजार चार सय ७७ अर्थात् ९६ दशमलव ०७ प्रतिशतले साक्षर भएको छ ।

जल्लाका आठ वटै स्थानीय तहमा हिमा गाउँपालिकामा ९५ दशलमव ७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८ दशमलव १९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, सिँजा गाउँपालिका ९५ दशमलव ५ प्रतिशत, पातारासी गाउँपालिका ९५ दशमलव २४ प्रतिशत, तातोपानी गाउँपालिका ९५ दशलमव ७७ प्रतिशत, तिला गाउँपालिकालाई ९५ दशमलव ४ प्रतिशत र गुठिचौर गाउँपालिका ९५ दशलमव ७३ प्रतिशत नागरिक साक्षर भएका छन्।

प्रतिक्रिया दिनुहोस्