Logo
Logo

रामराजा क्याम्पस प्रमुख हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ


504
Shares

काठमाडौं । बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन् । गएको ३२ जेठमा गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको हो ।

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थित घरबाट फर्किने क्रममा गोली प्रहार गरी हरिभूषणको हत्या गरिएको थियो ।
त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्रलाई प्रहरीको विशेष टोलीले गएराति विराटनगरबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्