Logo
Logo

आफ्ना उम्मेद्वारले एमालेलाई समर्थन गरेपछि माओवादीले भन्यो– नेकपा एसलाई भाेट दिनू


441
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बाजुराको स्वामीकार्तिक गाउँपालिकामा (एकीकृत समाजवादी) लाई समर्थन गर्न निर्न निर्देशन दिएकाे छ ।

यही १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावमा आफ्नो उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवारलाई समर्थन गरेपछि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार जवा शाहीलाई भाेट दिन निर्देशन दिएको हो ।

माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विकले एमालेकी उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद छ ।

केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा गठबन्धन गरेर जाने भन्ने सहमति भएको सम्दर्भ उल्लेख गर्दै माओवादीका सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेलले माओवादी केन्द्रबाट उम्मेदवारी फिर्ता लिएर राजुकुमारी बिक एमालेको चुनाव प्रचारमा सहभागी हुनु पार्टीको केन्द्रीय नीति र निर्देशनविपरीत क्रियाकलाप रहेको भनेका छन् ।

त्यसअघि उपनिर्वाचनमा माओवादी केन्द्रको गाउँपालिका समितिले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै भोट हाल्न निर्देशन दिएको थियो । गाउँपालिका समिति भने उम्मेदवारी फिर्ता लिएकै दिनदेखि एमाले उम्मेदवार सुलोचना भण्डारी बुढाको प्रचारमा जुटेको छ ।

२०८४ को निर्वाचन लागि भागवण्डा गरेर नेकपा (एमाले) लाई सर्थमन गरेको माओवादीको स्वामीकार्तिक गाउँ कमिटीका अध्यक्ष रन्दिप बुढाले बताए । उनका अनुसार २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई उपाध्यक्ष र दुईवटा वडामा अध्यक्ष दिने समझदारी भएको छ । स्वामीकार्तिकमा कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ मा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्