Logo
Logo

विकल पौडेललाई ८ वर्ष कैदको फैसला


3.7k
Shares

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर अनि सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले पौडेललाई तीन करोड ४२ लाख जरिवानासहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन बिहीबार फैसला सुनाएको हो ।

उनीहरू दुवैलाई कात्तिक १४ गते दोषी ठहर गरेको थियो । बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो। उनीहरूमाथि अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोग थियो ।

प्रतिक्रिया दिनुहोस्