Logo
Logo

काठमाडौं ल्याइएका रविलाई सरकारी वकिलको कार्यालय लगियो


252
Shares

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका साभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछाने मुछिएपछि कास्कीबाट बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई बयानका लागि काठमाडौं सरकारी वकिलको कार्यालय लगिएको हो ।

उनको बयान केहि बेरमा सुरु हुने बताइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए । हिजो साँझ काठमाडौं ल्याइएका लामिछानेलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।

काठमाडौंको बयान सकेर लामिछानेलाई पुन पोखरा नै लगिने प्रहरीले जनाएको छ । उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ । लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । रवि पक्राउ परेदेखि नै फसाइएको भन्दै उनको पार्टी रास्वपाले विरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्