Logo
Logo

भारत हुँदै अवैध रुपमा कुवेत जान लागेका १३ युवतीको उद्दार


567
Shares

रूपन्देही । रूपन्देहीको बेलहिया नाकाबाट अवैधरुपमा भारत हुँदै कुवेत जान लागेका १३ जना युवतीको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवीन पौडेलले १३ युवतीको उद्धार गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार रूपन्देहीको शान्ति पुनःस्थापना गृहले युवतीहरुको उद्धार गरेर थप अध्ययन भइरहेको छ । शान्ति पुनःस्थापना गृह रूपन्देहीका सुपरभाइजर नितेश चौधरीले बिहीबार दिउँसो ३ बजे अवैध रुपमा कुवेत जान लागेका युवतीको उद्धार गरिएको बताए । चौधरीले युवतीसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएकाले शंका लागेकाले उद्धार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्