Logo
Logo

चेक चोरी गरी पैसा सटही गर्ने दुईजना पक्राउ


567
Shares

मोरङ । चेक चोरी गरी पैसा सटही गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने १९ वर्षीय सुमित सागर यादव र २३ वर्षीय टंक प्रसाद यादव रहेका छन् ।

उनीहरूले मंसिर ७ गते बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक परिसरको लेखा शाखाको कोठा भित्रबाट विभिन्न बैंकका हस्ताक्षर गरेको ६ वटा र खाली चेक ८ वटा गरी जम्मा १६ वटा चेकहरू चोरी गरी उक्त चेकहरुमध्ये एभरेष्ट बैंकको चेकबाट कीर्ते सहि छाप गरी उक्त बैंकको विभिन्न शाखाबाट जम्मा २ लाख ६६ हजार ६ सय ९२ रूपैयाँ सटही गरेको र एभरेष्ट बैंक दुहवी सुनसरी शाखाबाट सटही गर्ने क्रममा बैंकलाई शंका लागि प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट चोरी सम्बन्धी मुद्धामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्