Logo
Logo

जितका लागि नेपालले पायो २३४ रनको लक्ष्य


315
Shares

काठमाडौं । एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले जितका लागि २३४ रनको लक्ष्य पाएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटियो ।

शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । उनी सन्तोष यादवको बलमा एलबिडब्लु आउट भए । श्रीलंकाले पहिलो विकेटका रुपमा पुलिन्दु परेरालाई २ रनमा गुमाएको थियो । परेरा हेमन्त धामीको बलमा सन्तोष यादवद्वारा समातिएका थिए ।

लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोड्दै सन्तोष यादवको बलमा आउट भए । कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४ रन जोडे । श्रीलंकाले एक समय ३ विकेट गुमाएर १ सय ६७ रन बनाएर बलियो योगफल बनाउँने संकेत दिएको थियो । तर, ६६ रन जोड्दा बाँकी ७ विकेट गुमाउँन पुग्यो ।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । युवराज खत्रीले १० ओभरमा ४४ रन खर्चिएर २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १ विकेट लिए ।

पहिलो खेल्दै गरेका दुवै देश जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।

एसिया कपमा नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्